युएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

-


     मर्दी न्युज    
     वैशाख २ गते २०८३ मा प्रकाशित


संयुक्त अरब इमिरेट्सले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। उक्त निर्णय पवित्र रमजानको अवसरमा गरिएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवीय आधारमा गरिएको यस निर्णयप्रति नेपाल सरकारले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने कदमका रूपमा यसलाई सकारात्मक रूपमा लिइएको उल्लेख गरिएको छ।

माफी प्रक्रियामा नेपाल सरकारको पहल तथा अबुधाबीस्थित नेपाली दूतावासको समन्वय महत्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ। साथै, उक्त निर्णयलाई उच्च महत्वका साथ मूल्यांकन गरिएको पनि जनाइएको छ।