पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यास र हवाइ इन्धन मूल्य बढ्यो

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०८३ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ । 

हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपियाँ थियो ।