नेप्से २६ अंकले घट्यो

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०८३ मा प्रकाशित


आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेको छ । यो गिरावटसँगै नेप्से २७७०.२६ विन्दुमा झरेको छ।

आज दिनभरि ३४९ वटा कम्पनीका १ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज पाल्पा सिमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंक को ३० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।