रामरत्न फाउन्डेशनद्वारा सहयोग

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०८३ मा प्रकाशित


पोखरा, १५ वैशाख । रामरत्न फउन्डेशन, शुक्लागण्डकी नगरपालिका वडा नं ९ तनहुँले आज लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द्र कल्याणी बाल आश्रममा आज खाद्यान्न सहयोग गरेको छ ।

समाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न संस्थालाई सहयोग गर्दै आएको फाउन्डेशनले यस पटक कल्याणी बाल आश्रमलाई सहयोग गरेको हो ।

आश्रममा फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराईले आश्रमका सञ्चालक भवानी थापालाई करिब १५ हजार रुपैयाँ बराबरका विभिन्न १० किसिमका खाद्य लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

२०६२÷०६३ सालयता स्थापना भई सामाजिक सेवाका क्षेत्रमा निरन्तर कृयाशिल फाउन्डेशनले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट आएको ब्याज रकमबाट विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको संरक्षक रामनाथ भट्टराईले जानकारी दिए ।

फाउन्डेशनले यस अघि छब्दी मा.वि., सहिदकृष्ण क्याम्पस, गाउँफर्कोदय मा.वि., तालबेसी मा.वि., आधारभुत मा.वि., हंसबाहिनी मावि., च्यवनधाम, मानवसेवा आश्रम, जिपी कोइराला हस्पिटल, फुलबारी हस्पिटल, लोकतेटार मा.वि., घोर्मे खानेपानी योजना, लामेस्वाहाँरा बाटो, झरौटास्थित बृद्धाश्रम, मृगौलापीडित सहयोग लगायत दर्जन भन्दा बढी शैक्षिक एवम् सामाजिक संघ संस्थालाई सहयोग गरिसकेको उपाध्यक्ष अम्किाप्रसाद भट्टराईले जानकारी दिए ।

आश्रममा देशका विभिन्न जिल्लाका १३ जना बालबालिका आश्रित छन् ।