नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

-


     मर्दी न्युज    
     जेठ ८ गते २०८३ मा प्रकाशित


आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपूरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटमा ३१७ रन बनाएको हो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए । यसैगरी, दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।

बिहान ९;३० बजेबाट शुरु हुने पूर्वनिर्धारित यो खेल बिहान पानी परे पछि पीच ओसिलो भएकोले केहिबेर ढिलो गरी टस भएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । स्कटल्याण्ड र अमेरिका सहभागी शृङ्खलामा नेपालले हालसम्म खेलेका तीन खेलमा दुई खेल जित्दै लिग-२ अङ्क तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

हालसम्मको नतिजामा २७ खेलबाट नेपालको २२ अङ्क छ । अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ ।