कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित

-


     मर्दी न्युज    
     जेठ १८ गते २०८३ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको दोस्रो बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो।

बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले संसद् कानुन निर्माणको प्रमुख थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए।

विवाद समाधान नभएपछि सभामुखले दिनका लागि तय गरिएका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी गराएका थिए। उनले सदनको नियमित कामकारबाही अघि बढाउन आवश्यक वातावरण बन्न नसकेको संकेत गर्दै बैठक अगाडि नबढ्ने निर्णय सुनाएका हुन्।