
बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उनले बताए ।
घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएका छन् । बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

