बुद्धनगरमा आत्मदाह प्रयास, अस्पताल पुर्‍याइयो

-


     मर्दी न्युज    
     असार २७ गते २०८३ मा प्रकाशित


काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।

आगो लगाएको खबर पाएलगत्तै घाइते राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको एसपी पवन भट्टराईले जानकारी दिए ।

उनको छोरासँग केही विषयमा विवाद भएको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए ।