बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

-


     मर्दी न्युज    
     असार २७ गते २०८३ मा प्रकाशित


काठमाडौँ । काठमाडौँको बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ ।

उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।

प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।