नेप्से परिसूचक झिनो अंकले बढ्यो

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


 धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अंकले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अंकले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १५६ दशमलव ४७ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ  । 

आज १३ उपसमूहमध्ये  छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो ।  आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो । 

त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।