
पाेखरा । निजी भ्रमणका क्रममा पोखरा आइपुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका नम्बर ६ अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बसेका छन्। सडकमार्ग हुँदै दिउँसो निजी गाडीमा पोखरा आइपुगेका उनी स्थलमार्गबाटै अस्ताम पुगेका हुन् ।
मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार त्यसतर्फ जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको छ।
पोखरा क्षेत्रबाट करिब साढे चार किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्ट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि परिचित स्थानका रूपमा रहेको छ ।

