स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     भाद्र १० गते २०८३ मा प्रकाशित


स्याङ्जा । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतली बजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  ‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले र्‍याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गरिन्छ । यस्तै, सामूहिकरुपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्त्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।

स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतली बजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघसंस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।