नेप्से परिसूचक ४३ अंकले घट्यो

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०८३ मा प्रकाशित


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर दुई हजार ५१३ दशमलव ४२ मा  पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८ अंकले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ । फ्लोट सूचक तीन दशमलव शून्य दुई अंकले घटेर १७२ दशमलव २४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ४१ अंकले घटेर एक सय ४९ दशमलव ७७ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर रु तीन अर्ब ६४ करोड ८६ लाख नौ हजार ८७८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढेको, २५३ कम्पनीको सेयर घटेको र चार कम्पनीको सेयर स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज उपकार लघुवित्त, घोराही सिमेन्ट एनआइसी एसिया डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर एमबिएल इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।