सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलामा ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।