सुन तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

-


     मर्दी न्युज    
     असाेज २ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

बिहीबार सुनको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।