Author Archive

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।” फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४… पुरा पढौ

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार पुरुषतर्फको दौड बेगनासताल तथा डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  यसको प्रभावले बुधबार बिहान कोशी, मधेस, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। गएको चौबीस घन्टामा देशका विभिन्न भूभागमा हल्का, मध्यमदेखि भारी वर्षा भएको छ। झापाको बाहुनडाँगीमा गएको चौबीस घन्टामा ८५ मिलिमिटर वर्षा मापन भएको छ। ललितपुरको खुमलटारमा ७३.४, काठमाडौंको बूढानीलकण्ठमा ५६.२ मिलिमिटर, पानीपोखरीमा ४१ मिलिमिटर, कपनमा ४०.६ मिलिमिटर, तनहुँको सखरमा ५३.२ मिलिमिटर, दाङको बेलझुण्डीमा… पुरा पढौ

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलले मन्त्रिपरिषद विस्तार गरेका छन् । गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले आज मन्त्रिपरिषद विस्तार गरेको हो । नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रीहरुको नियुक्त गर्दै मन्त्रिहरुलाई शपथ गराएको हो । गृह मन्त्रालयमा पुनः सुधन गुरुङ दोस्रो पटक जिम्मेवारी दिइएको हो । सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि… पुरा पढौ

गृहमन्त्रीमा गुरुङको पुनरागमन, महावीर पुन मन्त्री बन्दै

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ । गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् । यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार भने सुनको मूल्य २ लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

फिलिपिन्स भूकम्प अपडेट : ३१ जनाको मृत्यु, कयौँ बेपत्ता

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् । करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि… पुरा पढौ