कृषि

रुपातालमा १० हजार माछाका भुरा छाडियो

लेखनाथ (कास्की) । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुन:स्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । “विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक… पुरा पढौ

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

गण्डकी । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो । तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह… पुरा पढौ

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

गण्डकी । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजा खेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए। “तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ”, उनले भने,“यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ ।”… पुरा पढौ

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ (स्याङ्जा) । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक… पुरा पढौ

संकटमा चौंँरीपालन व्यवसाय

मनाङ । नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरुमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुंगा माटो धेरै र हरिया घाँस कम देखिन थालेका छन् । जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर याकचाैँरीलाई खुवाउने गर्छन् । दश वर्षदेखि याकचौँरीपालन गर्दै आएका मनाङको नासोँ गाउँपालिका–४ ओडार गाउँका याक चौँरीपालक किसान सुरेश थकालीले समय हिँउ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने हुनाले मनाङवासीले पानीका मुहान सुक्दै गएको बताउँछन्। उनले भने, “पहिले पहिले… पुरा पढौ

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण संकलन गरिँदै

तनहुँ । कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण संकलन गर्न थालेको छ । व्यावसायिक रूपमा सुन्तला खेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रूपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण संकलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताए । अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनी कोटका… पुरा पढौ

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ, १७ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको… पुरा पढौ