विचार/ब्लग

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, २५ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको… पुरा पढौ

पेचिलो बन्दै वातावरणीय न्यायका मुद्दा

पहिला पहिला जलवायु तथा वातावरणीय मुद्दाहरुमा खासै ठूलो बहस र पैरवी हुँदैनथ्यो । दिगो विकासको अवधारणसँगै वातावरणीय मुद्दा पनि प्रथामिकतामा पर्दै जान थाल्यो । पहिलो र दोस्रो पुस्ताले गाँस, बास, कपास, शिक्षा शान्तिपूर्वक बाँच्न पाउनु, सांस्कृतिक तथा राजनीतिक अधिकारलाई अधिकारको रुपमा लिने गर्थे भने तेस्रो पुस्तासम्म आइपुग्दा दिगो विकास तथा वातावरणीय अधिकार पनि थप भए । पछिल्लो समय अझै वातावरणीय न्यायका कुरा ज्वलन्त बन्दै गइरहेका छन् । नेपालमा लोकतन्त्र ल्याउनका लागि ऐतिहासिक जनआन्दोलन २०६२÷६३ भयो । यही जनआन्दोलनले बोकेको भावना… पुरा पढौ

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भः मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

काठमाडौँ, ९ फागुन । महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । ‘जो हिन्दूस्तानी आमा–बाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् । मैले यो पनि मानेको छु कि यसले बालक आफ्नो देशको धार्मिक र सामाजिक बिरासतबाट बञ्चित रहन्छ । त्यत्तिकै अंशमा देशको र विश्वको सेवा गर्नका निम्ति कमयोग्य बन्छ । मातृभाषाको सामान्य ज्ञान जो स्वतः उनीहरू पाउँछन्, त्यसले उनीहरूको र राष्ट्रको फाइदा नै पुगेको हुन्छ र आज उनीहरू परदेशीजस्तो भएका छैनन् ।… पुरा पढौ

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै इतिहास पढ्ने विद्यार्थीहरुको सङ्ख्या पनि स्वात्तै घट्यो । दश जोड दुई (प्लस टू) पढाउने कलेजहरुको प्राथमिकतामा इतिहास विषय परेन । कलेजहरुकै उपेक्षाको शिकार भएपछि इतिहास… पुरा पढौ

‘सहिदलाई सम्मान गरौँः राजनीति नगरौँ’

काठमाडौँ, १५ माघ । विश्वमा आफ्नो देशका बहुसंख्यक जनताको स्वार्थको अगाडि लामो सङ्घर्ष गर्दागर्दै उद्देश्य प्राप्तिका लागि आफ्नो जीवन नै उत्सर्ग गर्ने, जीवन आहुति दिने वा मृत्युवरण गर्ने व्यक्तिलाई सम्मान गर्न सहिद घोषणा गर्ने प्रचलन छ । सहिदले देखाएको मार्गमा लागिरहन तथा ती महामानवहरूको बलिदानको गाथा भावी पुस्तालाई जानकारी गराउन सहिद दिवस मनाउने प्रचलन संसारभरि नै चलेको देखिन्छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानका लागि अनवरत र अथकित सङ्घर्ष गर्ने क्रममा तत्कालीन शासकबाट मृत्युदण्ड पाएकाहरुलाई पनि सम्बन्धित व्यक्तिको योगदानको स्मरण… पुरा पढौ

बन्दैछ मधुमेह ‘साइलेन्ट किलर’

मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा निश्चित स्तरभन्दा माथि जान सक्दैन । शरीरभित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज ग्रन्थीको हो । प्याक्रियाजले आवश्यक मात्रामा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिनसँग कोषले प्रतिक्रिया जनाउन… पुरा पढौ

बढ्दै छ निःसन्तान बन्ने डर

पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमाभन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिकरुपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरु बताउँछन् । “खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा… पुरा पढौ