विजनेश

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट… पुरा पढौ

७२ सयले बढ्यो सुनको मूल्य

नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।  पुरा पढौ

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

आज नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो। सो दिन १२ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन नेप्से उच्च अंकले बढे पनि कारोबार रकममा भने आइतबारको तुलनामा कमी आएको छ। ३४५ वटा स्क्रिप्सको २ करोड ५१ लाख  ५५ हजार ८५४ कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख  ६ हजार  ८६३ रुपैयाँमा खरिदबिक्री भएका छन्। ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर… पुरा पढौ

अब शुक्रबार सेयर बजार खुल्ने, शनिबार र आइतबार बन्द

अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । यो निर्णय यही सातादेखि लागू हुनेछ । अब आइतबार भने सेयर बजार बन्द रहनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो । पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

शेयर बजारमा भारी गिरावट, १०५ अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ। योसँगै नेप्से परिसूचक २६७६ दशमलव ६८ अंकमा झरेको छ। नयाँ सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको नेप्से परिसूचक २८४ अंकले घटेको छ । आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको भएको छ ।  यस दिन फ्लोट इन्डेक्स ३ दशमलव ८८… पुरा पढौ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो (बिहीबार) चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ