विजनेश

कारोबार बढेपनि सेयर बजारका सबै सूचक घटे

नेप्से परिसूचक उच्च अंकले  घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा अडिएको थियो। यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स… पुरा पढौ

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मंगलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन्।   महासंघको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् ।  अध्यक्ष ढकालले भने, “कालीगण्डकी कोरिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवर्द्धनका लागि प्रयोग गर्न सकिने… पुरा पढौ

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर प्रतितोला २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुनको मूल्य २ लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको २ हजार… पुरा पढौ

२.२३ प्रतिशतले बढ्यो सेयर बजार

काठमाडौँ । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ३ हजार नौ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको २ हजार… पुरा पढौ