विजनेश

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु ७ हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र चाँदीको मूल्य रु ४ हजार ९४५ कायम भएको छ ।  हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार २०० र चाँदीको मूल्य रु ४ हजा र ८४५ कायम भएको थियो । पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

साता कारोबारको सुरुआती दुई दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको सुधार देखिएको छ ।  नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९… पुरा पढौ

सुनको मूल्य फेरि उकालो लाग्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ६ हजार ७०० रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुन तोलामा दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।   यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा चार हजार सात सय २० रुपैयाँमा कारोबार… पुरा पढौ

नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो । आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को… पुरा पढौ

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजारले र चाँदी ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन… पुरा पढौ