जीवनशैली

सारङ्गीको धुनमा चलाएको गुजारा

दमौली (तनहुँ) । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्छन् । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताएका छन्। वर्षौँदेखि उनीहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने । बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उनीहरू सारङ्गी बजाएर लोकगीत गाउछन् । । उनीहहरूको स्वर र धुनले… पुरा पढौ

काष्ठकलामा सिपालु भीमबहादुर

गलकोट, (बागलुङ) । यहाँस्थित बागलुङ नगरपालिका-३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उनलाई भ्याइनभ्याइ छ । कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो । ‘कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ,… पुरा पढौ

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीले जानकारी दिए। विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको तथ्यांक रहेको… पुरा पढौ

जब श्रीमान्को अस्तु बोकेर पोखरा आइन् लोरेटा…

पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उति नै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।  सराङकोटको डाँडामा उभिँदा, उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए ।  केही वर्षअघि उनले श्रीमान् फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन्। सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए । थिएन त केवल एउटा साथ,… पुरा पढौ

ज्यालामा विभेद भोगेपछि कञ्चनपुरको पार्वती बनिन् ठेकेदार

कञ्चनपुर । पहिला दिनभर मजदुरी गरेर रु. पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका-५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु. एक हजार आम्दानी गर्न थालेकी छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । “दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भनिन्, “दातृ निकायको सहयोगमा मैले… पुरा पढौ

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

काठमाडौँ,१० माघ । विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुप¥यो । महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुङ्गा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए । दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा… पुरा पढौ

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो । समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ ।… पुरा पढौ