अर्थतन्त्र

तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । पुरा पढौ

नेप्से परिसूचक २० अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने… पुरा पढौ

नेप्सेमा गिरावट, कारोवार रकम पनि घट्यो

नेप्से परिसूचक आज घटेर बन्द भएको छ। गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, सोमवार भने घटेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा रहेको छ।नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज तीन स्टकको शेयर सकारात्मक… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलामा ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुन तोलामा तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट, ८ अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं, २८ माघ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत्… पुरा पढौ

सुनचाँदीको मूल्य आज पनि बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ । मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा… पुरा पढौ