अर्थतन्त्र

धानको समर्थन मूल्य तोकियो

काठमाडौँ, २३ कात्तिक । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल रु दुई सय १५ र मध्यम धानमा… पुरा पढौ

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु २० करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु तीन करोड… पुरा पढौ

नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ, २१ कात्तिक । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १७ कात्तिक । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २७ लाख ६७ हजार पाँच सय… पुरा पढौ

शेयर बजार : नेप्सेसँगै कारोबारमा वृद्धि

काठमाडौँ, १६ कात्तिक । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, १५ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता… पुरा पढौ