अर्थतन्त्र

नेप्सेको ओरालो यात्रा कायमै

हाल ‘वियरिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अङ्कमा ओर्लिएको छ… पुरा पढौ

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ, २३ जेठ । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का… पुरा पढौ

नेप्से परिसूचक ३३.७६ अङ्कले ओरालो

काठमाडौँ, २० जेठ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको शेयर आज पनि घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३३.७६ अङ्कले ओरालो लागेर दुई हजार ७८.७० मा सिमित भएको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.१८ अङ्कले ओरालो लागेर ४०३.४८ मा ओर्लिएको छ । कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर रु एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ मूल्यमा कारोबार भयो । कारोबार… पुरा पढौ

पेट्रोल-डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमका सहायक प्रवक्ता पुष्कार कार्कीले आज राति १२ बजेबाट लागु हुनेगरी डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको उनले बताए । पुरा पढौ

‘अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे । अर्थशास्त्री खतिवडाले भने, “बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन्, तर त्यसको व्यवहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, १७ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर… पुरा पढौ

गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म

गण्डकी, १६ जेठ । सरकारले अघि सारेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्ना लगायतमा जोड दिइएको छ । संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ । कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने अर्थमन्त्री… पुरा पढौ