अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ पर्नेछ। इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा… पुरा पढौ

२४ अंक घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २४ दशमलव शून्य ८ अकं घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ । आज सोमवार २११ ओटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयरको ६१ हजार ४८८ पटकमा रू. ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२४ बराबरको शेयर खरीदविक्री भएको छ ।यसदिनको कारोबारमा सर्वाधिक कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ ।… पुरा पढौ

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४४ ले उकालो लागेर ४५३.५९ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका… पुरा पढौ

इन्धनको मूल्य फेरि बढ्यो

Mardi News
काठमाडौँ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइको हो । नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर भएको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ ।… पुरा पढौ

नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण

धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.१० ले घटेर ४३५.१३ मा झरेको छ । कूल २११ कम्पनीको ९९ लाख तीन हजार ७०४ कित्ता शेयर रु चार अर्ब ९५ करोड २७ लाख… पुरा पढौ

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भन्नुभयो, “ गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका छन् ।’ भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई… पुरा पढौ

काली मार्सी चामल जापानी बजारमा

खलङ्गा, २० फागुन । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गर्नुभएको हो । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको… पुरा पढौ