अर्थतन्त्र

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भारतले पठायो

काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ । फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई… पुरा पढौ

नेप्सेमा पहिरो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आज नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौँ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो । बजार पूँजीकरणमा ठूलो… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर… पुरा पढौ

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत वृद्धि भएको छ । कूल २०० कम्पनीको एक करोड ५३ लाख… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, ९ अर्बको कारोबार

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०।५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार… पुरा पढौ