अर्थतन्त्र

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू रहेको बताएका छन् । नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे । मौद्रिक नीति… पुरा पढौ

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख ८६ हजार बराबरको कारोबार भएको छ । आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी… पुरा पढौ

क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । “क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्नसक्ने, विदेशी विनियम सञ्चिति व्यवस्थापनमा चुनौती हुनेलगायतका जोखिम रहन्छन्”, प्रतिवेदनमा भनिएको छ, “समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्ती स्थायित्वसम्बन्धी जोखिम रहने, मौद्रिक नीति कार्यान्वयनमा जोखिम रहने, ठगी तथा करछलीलगायतका जोखिम… पुरा पढौ

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ । सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ । बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४,… पुरा पढौ

बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर पनि समयअनुसार सञ्चालनमा आउन सकेको छैन । सरकारले पूर्णता पाउन नसक्दा आर्थिक प्रशासनमा अलमल देखिएको र यसले बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने त्रास बढाएको जानकारहरुको भनाई… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ, १५ चैत । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, १४ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ । आज विकास बैंक,… पुरा पढौ