अर्थतन्त्र

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

काठमाडौँ, १६ फागुन । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार… पुरा पढौ

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५२ करोड… पुरा पढौ

आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा तोकियो

काठमाडौँ, १३ फागुन । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो ।… पुरा पढौ

नेप्से परिसूचकमा पहिरो

लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा… पुरा पढौ

लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने

काठमाडौं । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाललगायतको बैठकबाट लघुवित्त कम्पनीले वार्षिक एक दशमलव पाँच प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमतिसमेत भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस नोटअनुसार एउटा ग्राहकले एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी… पुरा पढौ

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड-१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण हुने गरेको छ । चालू आर्थिक वर्षका लागि राखिएको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नहुने सरकार आफैँले बताइसकेको छ भने मूल्यवृद्धिको सात प्रतिशतको बाञ्छित सीमा नाघेको… पुरा पढौ