अर्थतन्त्र

दोहोरो अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ । आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य वृद्धि

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब ५३ अङ्कले उकालो लागेर चार सय १५ दशमलब ५४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उकालो लाग्दा चार उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबार भएकामध्ये एक सय नौ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ८९ कम्पनीको ओरालो… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला १ लाख ६ हजार ३०० पुग्यो

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मुल्य १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ… पुरा पढौ

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री

काठमाडौँ, ९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए । “स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।” साना तथा मझौला… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ । कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४… पुरा पढौ

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चार सय १५ दशमलव ८३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य उकालो लाग्दा बैङ्किङ उपसमूहको भने ओरालो लागेको छ । कारोबार भएकामध्ये आज… पुरा पढौ

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

काठमाडौँ, २९ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको… पुरा पढौ