अर्थतन्त्र

नेप्से २७ अङ्कले घट्यो

साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज -नेप्से_ परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ ।… पुरा पढौ

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले चार दशमलव दुई प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले चार दशमलव आठ प्रतिशतभन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । त्यस्तै, स्प्रेडदर २०८० असार महिनादेखि वाणिज्य बैंकका लागि चार प्रतिशत र विकास बैंक तथा वित्तीय संस्थाका लागि चार दशमलव छ प्रतिशतभन्दा… पुरा पढौ

एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, २५ मङ्सिर । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ । आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५… पुरा पढौ

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ… पुरा पढौ

बाराही हाइड्रोपावरको आइपिओ आजबाट बिक्री खुला

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम… पुरा पढौ

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, २० मङ्सिर । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार… पुरा पढौ