वातावरण

मंसिरमा बाघ र गैँडा गणना

चितवन । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने… पुरा पढौ

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन् । जसमा विश्वमै दुर्लभ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ,… पुरा पढौ

काठमाडौंमा पहिलो पटक काँसे घाँसेचरीको अभिलेख

काठमाडौं, भाद्र १ – काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ चरा काँसे घाँसेचरी को अवलोकन भएको छ । अग्रेजीमा ब्रिस्टल्ड ग्रासबर्ड भनिने यस चरा गत साता श्रावण २८ गते बिहिबार मनोहरा खोलाको किनारमा पहिलो ग्रीष्मकालीन कलरमा भेटिएको थियो जुन बयस्क भन्दा भिन्न हुने गर्दछ । वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र संजय था श्रेष्ठले मनोहरा खोलाको किनारमा यस चरालाई देखेर तस्वीर खिचेका हुन् । विश्वव्यापी रूपमा संबेदनशील श्रेणीमा पर्ने यो प्रजाति प्रायः भारत उपमहाद्वीपका अग्ला घाँसे मैदान र काँसघारीमा पाइन्छ… पुरा पढौ

मुस्ताङमा हुने जलवायु परिवर्तन सम्मेलनमा ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा

जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको छ । गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै गाउँपालिका तथा नगरपालिकाका प्रमुख र अध्यक्षहरूलाई निमन्त्रणा पत्र पठाइसकेको छ । तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने लक्ष्यका साथ सम्मेलन… पुरा पढौ

मानव-वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

दमौली (तनहुँ) । वनमा पानीको स्रोत मासिँदै गएपछि मानव बस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।  मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा… पुरा पढौ

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्यामा वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुन:स्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ । जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् । निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा… पुरा पढौ

आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध

कञ्चनपुर ।  आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकाशमा उडेको दृश्य दुर्लभ थियो। ‘टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ’, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, ‘गिद्धको अवस्था हेर्दा बाँच्लाजस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो।’ गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई-तीन पाइला हिँड्दै उडेको… पुरा पढौ