वातावरण

वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन

भरतपुर, ४ वैशाख । २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो । चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले बताए । उनका हनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले… पुरा पढौ

वर्षान्त २०८०ः अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरबारे छलफल भएको वर्ष

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा नेपालले पनि चर्चा पायो । गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चलेको सम्मेलनमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली त्यहाँ पुगेको थियो । ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’को उद्घाटन सत्रमा सम्बोधन गर्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “म केही समयअघि मात्रै नेपाल भ्रमणमा थिए । नेपालका पग्लिरहेका हिमाललाई… पुरा पढौ

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमैः चट्याङसहित हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित… पुरा पढौ

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

भरतपुर, १ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए… पुरा पढौ

म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो

गलेश्वर (म्याग्दी), ३० चैतः चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली जनावर जङ्गल छोडेर गाउँ पस्न थालेका छन् । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर… पुरा पढौ

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो । “विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो”, उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।” वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले… पुरा पढौ

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री… पुरा पढौ