साहित्य

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ । राष्ट्रकवि स्व. घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उहाँको जन्मजयन्तीका अवसर… पुरा पढौ

पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा

काठमाडौँ । बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको प्रतिभालाई प्रोत्साहन गर्नका लागि कथा प्रतियोगिता आयोजना गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले बाह्रखरी मिडियाले नयाँ स्रष्टा जन्माउन र कथा विधालाई अगाडि बढाउन विगत पाँच वर्षदेखि कथा प्रतियोगिता गर्दै आएको जानकारी दिए । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो राशि रहेको उक्त प्रतियोगितामा सहभागी… पुरा पढौ

आज मोती जयन्ती

काठमाडौँ, २८ भदौ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएको थियो… पुरा पढौ

सिर्जनशीलमा समय विचलन विषयक छलफल

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अयनांशका कारण सौर्यमासको मिति एक महिना अघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा हामीले गर्ने कार्यकलाप र प्रकृतिमा आउने परिवर्तनबिच तालमेल मिल्न नसकेको तर्क गरे । पन्तले वैशाख एक गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो… पुरा पढौ

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनः निर्माणको… पुरा पढौ

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

चुँदीरम्घा (तनहुँ), २९ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ । चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका… पुरा पढौ

अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा अभिनेत्री पूजा चन्द

वाशिङ्गटन डिसी, २२ फागुन । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरूमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ । समितिको पहिलो बैठकले डा श्याम कार्की, डा.हयारी भण्डारी, गौतम दाहाल, डा.उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा बोर्ड अफ… पुरा पढौ