प्रमुख समाचार

आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।  महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी… पुरा पढौ

आज सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य… पुरा पढौ

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी-मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो । मुक्तिनाथ जाने कागबेनी-मुक्तिनाथ सडक… पुरा पढौ

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो ६ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो । बुधवार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७… पुरा पढौ

कास्की क्षेत्र नं १: बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्कीमा तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शहरका रूपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ । पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् । यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र… पुरा पढौ

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती… पुरा पढौ

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए । समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् । पर्यटकीय… पुरा पढौ