प्रमुख समाचार

सङ्घीय संसद्को चालु अधिवेशन चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने

सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन यही चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को मिति २०८२ चैत २४ गतेको सिफारिसबमोजिम संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३… पुरा पढौ

पूर्वसभामुख महरासहित २८ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Mardi news
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले बताएको छ । आयोगका कर्मचारीहरू मुद्दासम्बन्धी कागजातसहित विशेष अदालतमा पुगेका छन्। हाल दर्ता पूर्वको कागजी प्रक्रिया तथा विवरण प्रमाणीकरणको काम भइरहेको स्रोतले जनाएको छ। पुरा पढौ

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन दिने निर्णयको विरोध

पोखरा, २६ चैत । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा सो बारे बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’ का सहभागीहरुले सो माग गरेका हुन् । गत चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई गरेको परिपत्र अनुसार सार्वजनिक निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरु सञ्चारमाध्यममार्फत प्रशासन तथा प्रसारण गर्दा… पुरा पढौ

उपसभामुखमा राप्रपाकी सरस्वती र श्रम, संस्कृतिकी रुबी कुमारी उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म २ जनाको उम्मेदवारी परेको हो । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् । राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ । राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने… पुरा पढौ

पूर्व गृहमन्त्री रमेश लेखक रिहा

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।  लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए । पुरा पढौ

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

काठमाडौँ। प्रहरीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अनुसन्धानका बखत खोजेमा हाजिरी हुने सर्तमा जिम्मा जमानी राखी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । जेन जेड आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको… पुरा पढौ

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण

एजेन्सी । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा… पुरा पढौ