प्रमुख समाचार

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधरणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भागमा… पुरा पढौ

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि मन्त्रालयले सतर्क रहन… पुरा पढौ

कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमै फर्किए

कास्की जिल्लामा क्रियाशील नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष झविन्द्रराज रेग्मीसहित ठूलो संख्यामा नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्किएको छ । एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको ‘घर फर्क’ कार्यक्रममार्फत उपाध्यक्ष रेग्मीसहित प्राध्यापक डा. टंकराज अधिकारी, शिवराज आचार्य, रवीन्द्रराज पौडेल, नवराज भण्डारी, पवित्रा न्यौपाने, नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूको संगठनका गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर दीपक सुवेदी,मजदुर नेता दिपक भुजेल, वडा कमिटी पोखरा १९ का अध्यक्ष प्रदीपराज पौडेल लगायतका एमालेमा फर्किएका हुन् । एमाले कास्कीका अनुसार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका भाइ… पुरा पढौ

बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार

काठमाडौँ । ‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका विभिन्न कार्यक्रमसहित नेपालमा पनि आज विश्व सिमसार दिवस मनाइँदै छ । प्रत्येक वर्ष ‘फेब्रुअरी २ तारिख’मा विश्वभर मनाइने यस दिवसले जलवायु परिवर्तनकाका कारण प्रभावित सिमसार क्षेत्रको संरक्षण र संवर्द्धनमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । यस वर्ष तय गरिएको नाराले सिमसार क्षेत्रसँगै मानवको परम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी,… पुरा पढौ

आज पनि १३ हजार ४०० सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

राष्ट्रपति पौडेल जापानमा

काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई त्यहाँस्थित नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।  जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी… पुरा पढौ

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर (नवलपरासी) । नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–स्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।  आइतबार साँझ क्रुजको विधिवतरुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।  क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक… पुरा पढौ