प्रमुख समाचार

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।  पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२… पुरा पढौ

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको… पुरा पढौ

आठौँ संस्करण ‘व्यास अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनालाई

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनाले जितेको छ । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित सहिद दिवसका अवसरमा आज आयोजित प्रतियोगितामा सिंह सर्दुल गुल्म स्याङ्जाका प्युठ कर्ण रावलले दुई घण्टा ४८ मिनेट २७ सेकेण्डमा ४४ किलोमिटर दूरी पार गर्दै प्रथम भएका छन् । नन्द बक्स गुल्म सिराहाका प्युठ तिलकबहादुर सुनुवार दुई घण्टा ५८ मिनेट १३ सेकेण्डमा पार गर्दै द्वितीय र त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ… पुरा पढौ

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ (जोमसोम–कोरला) सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ । यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याएर सडक सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।  आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको… पुरा पढौ

आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।  महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी… पुरा पढौ

आज सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य… पुरा पढौ