प्रमुख समाचार

जाग्यो बसपार्क बन्ने आशा

गण्डकी, ४ असार । पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।  आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।  “संरचना… पुरा पढौ

प्रि-मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

काठमाडौँ । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जीव अधिकारीले प्रि-मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि-मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिए।  विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको… पुरा पढौ

तनहुँमा १९ शंकास्पद व्यक्ति नियन्त्रणमा

दमौली (तनहुँ) ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र… पुरा पढौ

तनहुँमा वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान

तनहुँ । तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परी सत्र जना बालबालिकाको ज्यान गएको छ । मानव वन्यजन्तु द्वन्द्वका कारण यस अवधिमा ३८ वटा घटना भएका डिभिजन वन कार्यालयले जनाएको छ । विसं ०७४ देखि ०८२ सम्मको अवधिमा त्यस्ता घटनामा २१ जना स्थानीय घाइते भएका थिए । वन्यजन्तुको आक्रमणमा परी सबैभन्दा बढी बन्दीपुर गाउँपालिकामा मानवीय क्षति भएको छ । उक्त स्थानमा भएका ११ घटनामा सात जना बालबालिकाको मृत्यु र चार जना घाइते भएको सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले… पुरा पढौ

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की- निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुभयो । “स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”,… पुरा पढौ

खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागु औषधसहित पक्राउ परेका छन् । जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०:४० बजे उनकै घरबाट लागुऔषध प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट,… पुरा पढौ

मालिकाको दरवाङ-फूलबारी सडक स्तरोन्नति

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी-च्युरीबोट-सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ-फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ-फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो । मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले… पुरा पढौ