प्रमुख समाचार

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत… पुरा पढौ

बढ्दो सम्बन्धविच्छेदः अधिकारको उपयोग कि विकृति ?

काठमाडौँ । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९ सय ७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेद सम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या एक हजार ९४७ रहेको छ । सर्वोच्च अदालतको २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वोच्च अदालतमा ११९ र उच्च अदालतमा एक हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा… पुरा पढौ

यसरी फेरिदैछ रुपाको रुप

गण्डकी । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले… पुरा पढौ

तमुहरूले ‘क्होला सोँप्रे’ बाहेक अन्य आदिम थलो बिर्सिंदै गएको हो?

तमु (गुरुङ) समुदायको इतिहास कुनै एक स्थल, एक घटना वा एक समयरेखामा सीमित छैन । यो इतिहास बहुपत्रीय छ— समय, भूगोल, संस्कार र आध्यात्मिक विश्वासको गहिरो अन्तर्सम्बन्धबाट बनेको एक दीर्घ यात्रा । आज ‘क्होला सोँप्रे’ व्यापक रूपमा प्राचीन थलोका रूपमा चिनिन्छ, विशेषतः सन् २००० मा पुरातात्विक उत्खनन्ले यसको पहिचानलाई उजागर गरेपछि । तर प्रश्न उठ्छ— के यसले मात्रै तमुहरूको सम्पूर्ण पूर्वइतिहासलाई प्रतिनिधित्व गर्छ? वा, हामीले यसअघि रहेका थुप्रै महत्वपूर्ण थलोहरूलाई क्रमशः बिर्सिंदै गएका छौं? वास्तवमा, तमुहरूको ऐतिहासिक यात्रा क्होला सोँप्रेमा… पुरा पढौ

वसन्तयामको धवलागिरि हिमाल आरोहण : पहिलो दिन ९ जना पुगे चुचुरोमा

म्याग्दी । धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धवलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको… पुरा पढौ

स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान

इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ ।फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका… पुरा पढौ

अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् । सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुङपा, छाङुबा, तारामान र पासाङ… पुरा पढौ