प्रमुख समाचार

गृहमन्त्रीमा गुरुङको पुनरागमन, महावीर पुन मन्त्री बन्दै

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ । गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् । यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद… पुरा पढौ

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ । यहाँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ । नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो । नगर कार्यपालिकाको यही जेठ २२ गतेको २३८ औँ बैठकको निर्णयअनुसार ३५ दिने सूचना जारी गरिएको इन्जिनियर अमृत केसीले जानकारी दिए । यस अवधिभित्र सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना सम्बन्धित घरधनी आफैँले हटाएर सहयोग… पुरा पढौ

मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो । नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए । उनका… पुरा पढौ

कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु गरिँदै

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु गरिँदै छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत् गृह निर्माण स्थलबाट गरी चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिए । “पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ”, उनले भने, “विद्युत् गृह… पुरा पढौ

नेपालले जित्यो एसियन गेम्स क्वालिफायरको उपाधि, हङकङ १९ रनले पराजित

एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो। नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले प्रभावित भएको खेलमा ११।३ ओभरमा २ विकेट गुमाएर नेपालले ११४ रन जोडेको थियो। त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो। नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रोहित पौडेल २४ बलमा ३५ रनमा… पुरा पढौ

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एजेन्सी । फिलिपिन्समा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। यात्रु, कर्मचारी तथा हवाई सेवाको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणद्वारा जारी सार्वजनिक सूचनाअनुसार भूकम्पपछि विमानस्थलका हवाई नेभिगेसन प्रणाली, सञ्चार उपकरण, रनवे, टर्मिनल भवन तथा अन्य सञ्चालनसम्बन्धी पूर्वाधारको विस्तृत प्राविधिक परीक्षण र मूल्यांकन सुरु गरिएको छ। विमानस्थल सञ्चालन सुरक्षित रहेको सुनिश्चित नभएसम्म उडान सेवा पुनः सञ्चालन नगरिने बताइएको छ। अधिकारीहरूका अनुसार भूकम्पले हवाई यातायातसम्बन्धी… पुरा पढौ

नवलपरासीमा बस र ट्रक ठोक्किँदा ७ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका ४ तारेभिरमा बस र ट्रक ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् । आज बिहान करिब ६:०० बजे काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ६८२३ नम्बरको बस अचानक ब्रेक फेल भई अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा गई दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुलसीपुर २ का १८… पुरा पढौ