प्रमुख समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ । सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपि… पुरा पढौ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/… पुरा पढौ

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् । भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध… पुरा पढौ

बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको छ: प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन् । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मत परिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका समस्या, चुनौती र एक पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीले रासससँग गरेको संवादको सम्पादित विवरणः शान्तिपूर्ण… पुरा पढौ

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि सो कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, स्थानीय जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका… पुरा पढौ

आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ ।  गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा  साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक… पुरा पढौ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ७१ प्रतिशत भौतिक प्रगति

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार परियोजनाको पश्चिम खण्डमा निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ। जामुनेदेखि पोखराको पृथ्वीचोकसम्म फैलिएको करिब ३९ किलोमिटर सडक खण्डमा हालसम्म समग्र भौतिक प्रगति ७१ प्रतिशत पुगेको आयोजना पक्षले जनाएको छ। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार करिब ३५० मिटर भाग बाहेक यस खण्डका अधिकांश स्थानमा कालोपत्रको काम सम्पन्न भइसकेको छ। यसै खण्डमा पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।… पुरा पढौ