प्रमुख समाचार

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा-जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मंगलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसअघि (पोखरा-जोमसोम) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय… पुरा पढौ

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए। उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।  चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुंगी, स्तनधारी जीवलगायतको… पुरा पढौ

समानुपातिकमा एक करोड चार लाख मतगणना

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ४४ हजार ४२५ मतगणना भएको छ ।  निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख १५ हजार ५१०, नेपाली काँग्रेसले १६ लाख ९५ हजार ३९८, नेकपा (एमाले) ले १४ लाख १३ हजार १६७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६८ हजार ५६२ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४८६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३९१ मत प्राप्त गरेका छन्  । पुरा पढौ

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति… पुरा पढौ

समानुपातिकतर्फ एक करोड २ लाख ५३ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ  ।  निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले १६ लाख ६७ हजार ७३३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ८५ हजार ७३० नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख… पुरा पढौ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  सिंहदरवारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।  निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सातै प्रदेशमा १८ पदका लागि भएको निर्वाचनमा एमाले-काँग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए। कोशी प्रदेशमा काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र… पुरा पढौ

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १७ हजार २८९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । बालेनका तर्फबाट उनका प्रतिनिधि नवीन भण्डारीले आइतबार जिल्ला निर्वाचन कार्यालय झापामा उक्त खर्च विवरण बुझाएका हुन् । बुझाइएको विवरण अनुसार सबैभन्दा ठूलो रकम वडा स्तरीय प्रचार कार्यक्रम र घरदैलोमा खर्च भएको छ । २९ वटा वडामा गरिएको १५ दिने घरदैलो अभियानमा ५ लाख ८० हजार रुपैयाँ खर्च… पुरा पढौ