प्रमुख समाचार

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो । आज बजार खुले लगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा… पुरा पढौ

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।  “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा… पुरा पढौ

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । उक्त दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले… पुरा पढौ

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान कोशी र बागमती प्रदेशका एक दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। पछिल्लो एक घन्टामा भैरहवामा ९.२ मिलिमिटर वर्षा भएको छ। पछिल्लो चौबीस घन्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर वर्षा भएको छ। पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको… पुरा पढौ

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न आएका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट… पुरा पढौ

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो।कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए। उनले भने, ‘कुशासनका कारण यो… पुरा पढौ

सुनसरी-१ मा रास्वपालाई हराउँदै हर्कराज राई निर्वाचित

सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् । धरान उपमहानगरपालिकाका मेयरबाट राजीनामा दिएर राई यस पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका… पुरा पढौ