प्रमुख समाचार

अमेरिकी सैन्य कारबाहीमा इरानी : नौ सेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौ सैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्‍याएको छ । उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे। ट्रम्पले आफ्नो… पुरा पढौ

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं, २४ फाल्गुण । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय नारी दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सबै महिला र बालबालिकालागि अधिकार, न्याय… पुरा पढौ

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९३ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९३ क्षेत्रमा विजयी भएको छ । पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवारले ३२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ११९ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने तीन… पुरा पढौ

झापा-५ मा बालेनको फराकिलो जित

प्रतिनिधि सभा सदस्य निर्वाचनको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह (बालेन) ठुलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौँ महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । बालेन रास्वपाका वरिष्ठ नेता हुन् । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।… पुरा पढौ

कास्की-१ मा रास्वपाका खड्कराज पौडेल विजयी

कास्की १ मा रास्वपाका खड्कराज पौडेल विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वीलाई २८ हजार ६४९ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। पौडेलले ३९ हजार ८६४ मत ल्याउँदा उनका निकटतम नेपाली काँग्रेसका तिलक रानाभाटले ११ हजार २१५ मत ल्याए। यसैगरी, एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४३७ र नेकपाका राजकाजी गुरुङ दुई हजार ४७९ मत ल्याएका छन्। पुरा पढौ

स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी । प्रतिनिधि सभा म्याग्दी निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार महावीर पुन २२,८५० मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वीहरूमा हरीकृष्ण श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ७,९१९ मतसहित र कर्ण बहादुर भण्डारी – नेपाली काँग्रेस ६,६७६ मतसहित रहेका छन्। महावीर पुनले हरीकृष्ण श्रेष्ठलाई करिब १४,९३१ मतको फरकले पराजित गर्दै स्पष्ट बहुमत हासिल गरेका छन् । पुरा पढौ

कास्की–३ मा फराकिलो मतान्तरसहित रास्वपाका बिना गुरूङ विजयी

पोखरा । प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिना गुरूङ भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिनाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मनोज गुरूङलाई झण्डै २५ हजार मतान्तरले पराजित गरे । बिनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । यो क्षेत्रमा ६५ हजार ४ सय ७ मत खसेको थियो । यसअघि चुनाव जितेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले… पुरा पढौ