प्रमुख समाचार

म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता

म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् ।  एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले ल्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् । पुरा पढौ

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन् । यहाँ नेपाली काँग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेकी छिन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन्… पुरा पढौ

निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी छ/छ स्थानमा अगाडि छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र काँग्रेसका एकरएक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार… पुरा पढौ

काँग्रेसले खाता खोल्यो : मुस्ताङमा योगेश गौचन थकाली विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजय हासिल गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यका रूपमा थकाली निर्वाचित भएको घोषणा गरिएको छ। पुरा पढौ

काठमाडौं- १ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे । यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर… पुरा पढौ

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ । मधेस प्रदेशको तराई भूभागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ… पुरा पढौ

२६ निर्वाचन क्षेत्रमा मतगणना,२२ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि अघि देखिएका छन्। देशभर २६ स्थानमा मतगणना जारी रहँदा २२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । एमाले ३ स्थानमा र काँग्रेसले १ स्थानमा अग्रता लिएको छ । प्राप्त पछिल्लो विवरणअनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्।… पुरा पढौ