प्रमुख समाचार

प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर सञ्चालन गरिएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशव्यापी मतदानको प्रारम्भिक आकलन अनुसार करिब ६० प्रतिशत मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएको जानकारी दिएका छन्। उनका अनुसार विस्तृत तथ्यांक संकलन गर्ने काम अझै जारी छ। आयोगले मतदान समग्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो,… पुरा पढौ

देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, केही ठाउँमा बहिष्कार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर शान्तिपूर्ण रूपमा मतदान भएको छ।  केही निर्वाचन क्षेत्रमा भने मतदान बहिष्कारको घटना देखिएको छ। ओखलढुंगाको माने भन्ज्याङ मा स्थानीय मतदाताहरूले मतदानमा सहभागी नभएका छन्। त्यस्तै, दाङको बबई गाउँपालिका-७, मलई स्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय मा मतदाताहरूले मतदान बहिष्कार गरेका छन्। निर्वाचन आयोगले शान्तिपूर्ण… पुरा पढौ

मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरेको मतदानको समय सकिएको छ । मतदानको समय विहान ७ बजेदेखि ५ बजे सम्म कायम गरिएको थियो । मतदानको सयम सकिएपनि मतदान केन्द्रमा पुग्नु भएका र लाइनमा बस्नु भएका मतदाताहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । केही ठाउम छिटफुट घटक्रम भएपनि निर्वाचन देशभर उत्साहजक र शान्तपूर्ण रहेको आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गरेको २४ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । देशभर ४ बजेसम्म ५० प्रतिशत भन्दा बढी… पुरा पढौ

दोलखा गोलेश्वर मावि मतदानस्थलमा मतदान प्रभावित

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान कार्य प्रभावित भएको छ ।  दलका प्रतिनिधिहरु बीच विवाद र तनाव सिर्जना भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए । बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए। ‘बुथ प्रतिनिधिले मतपत्र र छाप लगेपछि विवाद भएको हो। लगेको मतपत्र फेला परेको छैन। हराएको मतपत्र खोजी कार्य जारी छ यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाईफायरसमेत गरेको… पुरा पढौ

बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता

दार्चुला । अपी हिमाल गाउँपालिका–३ दुधीला र नौगाड गाउँपालिका– १ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन्।  गौरीशंकरका बासिन्दाहरू बाटो र खानेपानी लगायतका मागहरू लामो समयदेखि राखिराखेका थिए। ती मागहरू पुरा नभएपछि मतदान बहिष्कार गर्ने घोषणा गरेकोले मतदान गर्न नआएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए। “खाद्यान्न ढुवानी लगायतका काम गर्दा विकट भएकै कारण खच्चडहरू समेत खस्ने अवस्था भएपछि तत्काल गर्न सकिने अवस्था रहेन” प्रशासनलाई उनले भने। दुधीलाका स्थानीय बासिन्दाहरू वडा कार्यालय टाढा भएकोले वडा विभाजन… पुरा पढौ

मतदानको पहिलो पाँच घण्टामा झन्डै ३२ लाख मतदाताले प्रयोग गरे मतदान

काठमाडौँ । देशभर जारी मतदानको प्रारम्भिक पाँच घण्टामा करिब ३२ लाख मत खसेको तथ्यांक सार्वजनिक भएको छ। निर्वाचन प्रक्रिया बिहान ७ बजेबाट सुरु भएको थियो। मध्यान्ह १२ बजेसम्मको विवरण अनुसार कुल ३१ लाख ९० हजार ८८ मतदाताले मतदान गरिसकेका छन्, जुन कुल मतदाताको करिब १६.८८ प्रतिशत हो। पुरा पढौ

तनहुँमा मतदान सुरु

दमौली(तनहुँ) । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम छन् । यहाँ दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । तनहुँमा पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख… पुरा पढौ