इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि मारिएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बीबीसी फारसीका अनुसार ,इरानको संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोन्युमेन्ट्स एन्ड डिस्सेमिनेसन अफ सेक्रेड डिफेन्स भ्यालुजु ले मौसावीको मृत्युको पुष्टि गरेको छ।’ शनिबारको आक्रमणमा मौसावीसँगै रक्षामन्त्री अजिज नासिरजादेह,क्रान्तिकारी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुर र सर्वोच्च रक्षा परिषद्का अध्यक्ष अली शामखानी पनि मारिएका छन्, इरानी संगठनले आफ्नो विज्ञप्तिमा भनेको छ।…
पुरा पढौ