प्रमुख समाचार

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती… पुरा पढौ

प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली लागू

दमौली (तनहुँ) । सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो । नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तर भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले जानकारी दिए । सोही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट हुन सक्ने उनले बताए । डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर… पुरा पढौ

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु (धादिङ) । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए। पर्याप्त उद्धार सामग्रीको अभाव र अप्ठ्यारो स्थान भएकाले समयमा उद्धार… पुरा पढौ

मृत्यु हुनेको संख्या १९ पुग्यो, दुर्घटनामा २४ घाइते

धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको रात्रीबस आज बिहान करिव १ः३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा २४ जना घाइते भएका छन । घाइतेहरुको उद्धार गरि थप उपचारका लागि काठमाडौ पठाइएको छ । मृतक दुई जनाको सनाखत भएको छ । मृतकहरुमा ४ जना महिला रहेका छन् । सडकबाट करिब ८० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तीमा… पुरा पढौ

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटना परेको बस : समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए । “पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको… पुरा पढौ

जनप्रतिनिधिलाई निर्वाचनको प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल… पुरा पढौ

धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु, २४ घाइते

पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले बताए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।… पुरा पढौ