प्रमुख समाचार

सेना बोकेको बस दुर्घटना, गम्भीर घाइते ८ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ। भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबेगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका… पुरा पढौ

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होसार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने… पुरा पढौ

पर्वमार्फत सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गरे। उनले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण… पुरा पढौ

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि सार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको… पुरा पढौ

सडकमा वृद्ध कुट्ने व्यक्ति पक्राउ

काठमाडौँ। सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानबिन अघि बढाएको थियो । सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनराज भट्टराईले बताए । पुरा पढौ

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र… पुरा पढौ

पासोमा परेर घाइते भएको चितुवा मर्‍यो

अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए । चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ । रासस पुरा पढौ