प्रमुख समाचार

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् ।  तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।  निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन् । त्यस्तै क्षेत्र… पुरा पढौ

फेवातालमा कार खस्दा स्याङ्जाका अदित गुरुङको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २:१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।   कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी… पुरा पढौ

निर्वाचनका लागि बेग्लै बैंक खाता खोल्दै दल र उम्मेदवार

काठमाडौँ । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी दिन थालेका आयोगले जनाएको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हालसम्म ४५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताए। निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् । आयोगले… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा  मुख्यतया मौसम  सफा रहेको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा … पुरा पढौ

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की । पर्यटकीय राजधानी पोखरामा झण्डै एकमहिनादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन । सडक किनार, चोक, बिजुलीका पोलको वरिपरिमात्र नभई मुख्य सडकमै फोहर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको छ । महानगर प्रमुख… पुरा पढौ

आयल निगमका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो ।  विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले उनलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । त्यस्तै, इन्धन ट्याङकरका चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक… पुरा पढौ

२४ ग्राम ब्राउनसुगरसहित पोखराबाट तीन जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–११ जनजाग्रिती टोलबाट प्रहरीले २४.१५ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षका रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका-४ घर भई पोखरा-११ जनजागृती टोल बस्ने ४४ वर्षका विश्वास गुरुङ र म्याग्दीको मालिका गाउँपालिका-६ घर भई पोखरा-३१ मोहरिया बस्ने ४१ वर्षका गंगा पुर्जा लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनापछि नेपाल प्रहरी गण्डकी… पुरा पढौ